बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ भाद्र १४, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुनका लागि बंगलादेशकी प्रधानमन्त्री काठमाडौं आइपुग्नु भएको छ । उहाँ बिहीबार बिहान साँढे ९ बजे काठमाडौं आइपुगेकी छन् ।

हसिनालाई विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

विशिष्ट पाहुना हसिनालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

बङ्गलादेशका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स, बङ्गलादेशका लागि नेपाली राजदूत चोपलाल भुषालले स्वागत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस