राजपालाई मोदीको यस्तो सुझावः पहिला आफ्नो शक्ति बढाउनुस्

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ बैशाख २९, शनिबार (६ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  मधेसी दलहरुलाई एक भएर अघि बढ्न सुझाव दिएका छन् ।

मोदीलाई  भेट्न होटल पुगेका राजपाका नेताहरुलाई मोदीले एक भएर अघि बढेमात्रै बलियो बन्न सकिने भन्दै त्यसमा गम्भीर बन्न सुझाव दिएका छन् ।

 

भेटमा सहभागि राजपा अध्यक्ष मण्डलका एक सदस्यका अनुसार राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई मोदीले सबै मधेसी दलहरु मिलेर आफ्नो शक्ति बढाउन सुझाव दिएका थिए ।

 

मोदीको भनाई उदृत गर्दै ती नेताले भने, ‘बाहिर जे जे भएपनि आफ्नो शक्ति बढाउनतर्फ लाग्नुस् । मधेसमा एकता गरेर अघि गरेर केन्द्रमा पनि प्रभाव बढाउनुस् ।  त्यसपछि तपाईहरु शक्तिशाली हुनुहुन्छ ।’

भेटका क्रममा ठाकुरले भने आफूहरु संविधान संशोधनलगायतका विषयमा संघर्षरत रहेको भन्दै यी समस्या समाधानमा केन्द्रीत रहेको बताएका थिए ।

 

प्रदेश नम्बर २ मा आफ्नै पार्टीको सरकार रहेको तथा केन्द्रमा पनि केपी ओली नेतृत्वको सरकारलाई समर्थन रहेको भन्दै ठाकुरले आफूहरुको माग सम्बोधन हुनेमा  अझैं आशावादी रहेको बताएका थिए ।

यस्तै  ठाकुरसहितका नेताहरुले जनकपुरलाई उच्च प्राथमिकता दिइ भ्रमण गरेकोमा मोदीलाई धन्यवाद समेत दिएका थिए ।

 

मोदीलाई भेट्न ठाकुरसहित राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी र महेन्द्र राय यादव होटल पुगेका थिए।

 

भेटका क्रममा राजपा नेताहरुले भारतबाट आफूहरुले सन्तुलित व्यवहार चाहेको समेत मोदीलाई ध्यानाकर्षण गराएका थिए ।

 

यसैबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि मोदीलाई भेटेका छन् ।

 

सो क्रममा यादवले  दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन मोदीले खेलेको भूमिकाको प्रशंशा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस