पन्ध्र किलो पहेँलो धातु प्रकरण: बरामद गाडी सुन ओसारपसारमै प्रयोग भएको पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १६, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १६,काठमाडौँ । ललितपुरको नखिपोटमा बरामद भएको गाडी पन्ध्र किलो पहेँलो धातु बरामद प्रकरणमै प्रयोग गरिएको गाडी भएको पुष्टि भएको छ ।

गाडीको इञ्जिन र च्याचिस नम्बर घटनामा प्रयोग भएको गाडीको कागजपत्रसँग मेल खाएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले गाडीको कागजपत्रसँग इञ्जिन र च्याचिस नम्बर मिलेको बताए ।

प्रहरीले बिहीबार नखिपोटबाट बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी बरामद गरेको थियो । तर, घटनास्थल भएका बेला क्लोज सर्किट ९सीसी०क्यामरा फुटेजमा देखिएको गाडीको स्वरुप बरामद गाडीसँग मिलेको थिएन ।

सीसीक्यामरामा भएको गाडीको पछाडि भर्‍याङ र ऐना थियो भने बरामद भएको गाडीमा थिएन । त्यसैले अभियुक्तको समूहले अर्कै गाडीमा बा ६ च ५५१९ नम्बरको प्लेट राखिदिएको हुनसक्ने आशंका गरिएको थियो ।

तर, इञ्जिन र च्याचिस नम्बर मिलेसँगै अभियुक्तकै समूहले गाडीको स्वरुप परिवर्तन गर्ने प्रयास गरेको हुनसक्ने देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस