तीनथानामा नगरप्रमुख गिरीद्धारा कुर्दान फुटबल ट्रेनिङ सेन्टरको उद्घाटन

साउन १६,काठकाडौँ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ मा रहेको तीनथानामा कुर्दान फुटबल ट्रेनिङ सेन्टरको समुद्घाटन भएको छ । शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्य, वडा नं १५ का वडाध्यक्ष उत्तम बहादुर राउतको विशिष्ट आतिथ्यमा सो सेन्टरको उद्घाटन गरिएको हो ।

कुर्दान फुटबल ट्रेनिङ सेन्टर संचालक समिर कार्की रहेका छन् । उदघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख गिरीले उक्त ट्रेनिङ सेन्टरलाई बिभिन्न खेलकुद सामाग्री प्रदान गरेका थिए । नगरप्रमुख गिरीले नगरभित्र फुटबलका साथै अन्य विभिन्न खेलको बिकासको लागि नगरपालिकाको हरदम साथ र सहयोग रहने जानकारी गराए ।

नगरप्रमुख गिरीले मुलुक कोरोना महामारीको लडाईमा रहेको बताउदै चन्द्रागिरी नगरपालिका पनि यसबाट अछुत नरहेको बताए । उद्यपी उनले नगरपालिका कोरोना महामारीकै बीचबाट जनताको सेवा र विकास निर्माणमा सक्रिय रहेको जानकारी दिए । नगरपालिकाले खेलकुद क्षेत्रलाई पनि प्राथामिकतामा राखेको भन्दै नगरप्रमुख गिरीले विभिन्न किसिमका खेलकुदका पुर्वाधार निर्माणमा आफु गम्भिर रहेको बताए ।

संचालक कार्कीका अनुसार उक्त सेन्टरले आर्थिक स्थिति कमजोर भएका चन्द्रागिरि नगरपालिका भित्र बसोबास गर्ने परिवारका बालबालिकालाई निशुल्क फुटबल ट्रेनिङ पनि प्रदान गर्ने जानकारी गराए ।

संम्बन्धित समचार

Leave a Reply