साउन १७, विरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१ मिलनचौकमा कोरोना संक्रमितको शव गाड्ने बिषयमा तनाव भएको छ ।
कोरोना संक्रमितको शव गाड्ने कार्यमा स्थानियहरु अवरोध गरेपछि तनाव भएको हो । सयौंको संख्यामा मिलनचौकमा जम्मा भएका स्थानियहरु आफ्नो क्षेत्रमा शव गाड्न नहुने अडान लएका छन् ।
प्रहरीले स्थानियहरुलाई सम्झाउदा बुझाउदा पनि नमानेपछि ठूलो संख्या जम्मा भएको भिड हटाउन प्रहरीले आश्रु ग्यास र हवाई फायर समेत गरेको छ । प्रहरीले ६ राउन्ड आश्रु ग्यास र ४ पटक हवाई फायर गरे पनि स्थानियहरु पछाडी हटेका छैनन् ।
प्रहरी आश्रु ग्यास र हवाई फायर गरेपछि बिरोधमा उत्रेका स्थानियहरु ढुंगामुडा समेत गरेका छन् । स्थिति तनावपूर्ण रहेको स्थानिय युवा प्रकाश कुमारले वताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिती रहेको छ भने नेपाली सेना मिलनचौकमा देखिएको छैन् ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको शव गाड्नको लागि दुईटा जेसिभि समेत मिलनचौक पुगेको छ । कोरोना संक्रमितको शव व्यव्थापनको लागि मिलनचौक पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित जेसिभि देख्नै वित्कै स्थानियहरु बिरोधमा उत्रेका थिए ।
यस अघि पनि साउन १२ गते मिलनचौकबासीको अवरोधका कारण शव व्यवस्थापनमा समस्या आएको थियो ।