अर्जेन्टिनामा आर्थिक संकट, ५० अर्ब डलर ऋण सहायता माग

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ भाद्र १४, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाडौं । अर्जेन्टिनाले बढ्दो आर्थिक संकट नियन्त्रणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग ५० अर्ब डलर ऋण सहायता माग गरेको छ ।

राष्ट्रपति मारीसिओ म्याक्रिले ऋण सहायताले अर्जेन्टिनाको अर्थ व्यवस्था सुधारमा नयाँ मार्गचित्र कोर्ने बताएका छन् ।

पछिल्लो समय अमेरिकी डलरको तुलनामा अर्जेन्टिनाको मुद्रामा ४० प्रतिशतले कमी आएको छ । यसले अर्जेन्टिना चरम मुद्रास्फितिबाट गुज्रिएको छ ।

आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टिन लागर्डले अर्जेन्टिनाको मागप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

उनले अर्जेन्टिनाको नीतिगत प्रयास एवं संशोधित योजनाको लागि आफ्नो समर्थन रहने बताएको बीबीसीले जनाएको छ ।

यद्यपी लगानीकर्ताले भने अर्जेन्टिनाले सो ऋण चुक्ता गर्नेमा आशंका व्यक्त गरेको छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस