कोरोना महामारी : विश्वभर संक्रमितको संख्या १ करोड ७७ लाख, ६ लाख ८२ हजारको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण १८, आईतबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाण्डौ । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७७ लाख पुगेको छ । पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ७७ लाख ५९ हजार ३ सय ३२ पुगेको हो। कोरोना संक्रमणबाट हालसम्म ६ लाख ८२ हजार ८ सय ५५ जनाको मृत्यु भइसकेको छ भने १ करोड ४ लाख ८४ हजार ४ सय ४२ जना निको भएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४६ लाख १७ हजार ४ सय ९४ पुगेको छ भने १ लाख ५४ हजार ३ सय १९ जनाको मृत्यु भइसकेको छ । यस्तै, ब्राजिलमा २७ लाख ७ हजार ८ सय ७७ संक्रमित र ९३ हजार ५ सय ३६ मृत्यु, भारतमा १६ लाख ९५ हजार ९ सय ८८ संक्रमित र ३६ हजार ५ सय ११ मृत्यु तथा रुसमा ८ लाख ४३ हजार ८ सय ९० संक्रमित र १४ हजार ३४ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस