आर्सनललाई १४औँ पटक एफए कपको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ श्रावण १८, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १८, काठमाण्डौ । आर्सनलले १४औँ पटक एफए कप फुटबलको उपाधि जीतेको छ । वेम्बलीमा शनिबार राति भएको फाइनल खेलमा पेरिक एम्रकी आबुमियाङको २ गोल मद्दतमा आर्सनलले चेल्सीलाई २(१ गोल अन्तरले पराजित गर्दै १४औँ पटक उपाधि जितेको हो ।
१० खेलाडीमा सीमित चेल्सीका लागि क्रिस्टियन पुलिसिचले एक गोल फर्काएका थिए । निकै रोमान्चक र तनावपूर्णसमेत बनेको फाइनल खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्सनलले उपाधि चुमेको हो ।

खेलको पाँचौं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १(१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६७ औं मिनेटमा आबुमियाङले गरेको व्यक्तिगत दोस्रो गोल नै आर्सनलका लागि निर्णायक सावित भयो । ७३ औं मिनेटमा माटियो कोभासिचले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस