मेरा बाउ र म (ब्यङ्गग्यप्रदान रचना)

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७७ श्रावण २०, मंगलबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

लकडाउन लागू भएदेखि

मेरा बाउ अतृप्त  मृग जस्तै गरेर
सडकमा तमतन्न परेर हिडिरहेछन
हो मेरा बाउ प्यासि भएका छन
र भोकाएर
दिनहु डुलिरहेछन कुकुर झै यि चोकहरुमा
तर अफसोच
भट्टिपसल बन्द भएका कारण
थकित भएर मेरा बाउ
भौतारिरहेछन हरेक दिन ।
मेरा बाउको खोज
एकबोतल !
र केवल एकबोतल कै निमित्त
हरेक पल तड्पिरहेछन
बिचरा मेरा बाउ ।
आमाको काख हराएर
दुध प्युन नपाएर रोइरहेको
नाबालक जस्तै गरेर छट्पटाइरहेछन
बिचरा मेरा बाउ
पानी बिनाको माछा झै
बगरमा भट्भटाइरहेछन
बिचरा मेरा बाउ
मेरा बाउ गरिब मज्दुर हुन
र रक्सी?
मेरा बाउको
निर्वाहमुखी ज्यालादर हो ।
मेरा बाउले यो अबसर पाउनुपर्छ
मेरा बाउले आफ्नु अधिकार पाउनैपर्छ ।
महिनौ दिनदेखि जागिर हराइरहेको
कुनै भु.पु कामदार झै  बेरोजगार भएर
सडक किनारमा लावारिश हिडिरहेछन
बिचरा मेरा बाउ ।
दिनभरी डुलेर पनि
एकप्याक प्याला प्युन नपाएर
एकथोप्पो पानी प्युन नपाएर
मरिरहेको मज्दुर झै
हार गुहार गरिरहेछन
या,मानौ कि मेरा बाउ
बिहानै घरबाट निस्किएर पनि पैसा नकमाएर
घर फर्किरहेको मेहनेती
तर कुनै अभागी झै
साझमा रित्तो हात घर फर्किरहेछन
बिचारा मेरा बाउ अनि धाराको पानीलाई नै
रक्सी सम्झिएर पिइरहेछन
र दिनभरी घरमै बसिरहेछन ।
आफ्नु अधिकार पाउनैपर्छ
मेरा बाउले उपचार पाउनैपर्छ
नत्र,रुघामर्की लाग्दा पनि मान्छे मर्छ
मेरा बाउ बिरामी हुन
र रक्सी?
उन्को औषधी !
ऐले अस्पताल बन्द छ
एकघुट्की औषधि नपाएर
बिचारा मेरा बाउ
ऐले घरमा आराम गरिरहेछन !
भोक प्यास अनि अभावले निम्तिएको
मेरो बाउको आन्द्रा भुँडी र घाटिमा घाउ छ
जुन घाउ केवल रक्सिले मात्र निको बनाउछ ।
मानौ,मेरा बाउ जिन्दगी हुन
र रक्सी?
मेरा बाउको अहङ्गकार
अनि अनुभव हो
अढान हो,बिचार अनि दर्शन हो ।
यी सब हराएर ऐले भावनामा डुबिरहेछन
मेरा बाउ अनि दिनभरी सपना देखेर
उसैलाइ सम्झिएर बसिरहेछन ।
जसरी म ऐले,
कन्टेन्ट नपाएर होम क्वारेन्टाइनमा
काल्पनिक कबिता लेखिरहेछु ।
     …………….✍️सुजन बुढाथोकी 

ताजा अपडेट

खोजी गर्नुहोस