एउटा प्रगतिशिल अनि अर्को पागल रचना !

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७७ श्रावण २०, मंगलबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail
गलन न:१_____
पत्निमारा र हत्याराहरुलाइ अदालत छुटकारा दिन्छ
र निर्दोष र बेसाहाराहरुलाइ कारागार लगेर थुनिन्छ
कमजोर र गरिबले जोरजोरले चिच्याएको सुनिदैन
यस्तै हो,यो देसमा धनीले भनेको जे पनि सुनिन्छ
सत्तामा स्याल बाघब्वासो र गिद्दले राज नगरे कस्ले
गर्छ जब,जन्ताहरुद्वारा नै जङ्गगलीहरुलाइ चुनिन्छ
ए !पृयासी बिर्सियो भनेर कसरि सौच्यौ ह तिमिले?
प्रेम पागल हो यो मन हरेकपल तिमिलाइ नै सम्झिन्छ
हामी दलित हौ छेत्रीको छोरि तिमी हेर्दै नहेर छोरा
यदि,झुक्किएर पनि हेर्यौ भने सम्झ तिमिलाइ मारिन्छ
नबद्लिने त ब्यहवार हो जीवनजगत र यो मुलुक हो
बद्लिने सरकार मनबचन शासन र युग हो बद्लिन्छ
तिनिहरु सबै अपराधी भ्रस्ट,दलाल र पापिहरु हुन
जस्लाइ सधै अर्काकै पसिना आँसु र खुन चाहिन्छ
त्यो दिन यसरी दिनडाहडै डराएर हिड्नु पर्ने छैन
जुनदिन भ्याक्सिन भेटिन्छ र भाइरस समातिन्छ
देवता र पृथ्बीको त आयु छैन भने त्यो राछ्यस कोहो
कोरोना भाइरस,कहानी हो कुनैदिन यो आफै सकिन्छ
_______
गलल न :२
________
तिमिलाइ नै सम्झिएर म सधै टोलाइरहन्छु

एकान्तमा आएर तिमिलाइ नै बोलाइरहन्छु  

 
बगेर यसबेला त सायद सागरमा पुगिसक्यौ 
तिमी फर्किन्छौ? कि भनी खोला आइरहन्छु
 
तिमिले छोडेर गएदेखी नै यस्तो भएको हो 
कैले काहीँ मानषिक सन्तुलन गुमाइरहन्छु 
 
हेर धेर हावा भनेर मेरो खिल्ली नढाउ तिमी 
जागिरहेको मान्छे हु म सब थहा पाइरहन्छु 
 
हामी दलित हौ,छेत्रीकी छोरी नहेर छोरा यदि 
तिमि मारियौ भने म जिवनभर छट्पटाइरहन्छु 
 
निन्द्रै लाग्दैन,र जिन्दगीभन्दा लामो पर्खाइ झै 
लाग्छ,जब तिम्रो यादमा म रात कटाइरहन्छु 
 
मैले बिर्सिए भनेर कसरी सम्झियौ यार तिमिले 
प्रेम पागल हु म हरेकपल तिमिलाइ चाहिरहन्छु
तिमिलाइ नै सम्झिएर म सधै टोलाइरहन्छु 

एकान्तमा आएर तिमिलाइ म बोलाइरहन्छु

✍️सुजन बुढाथोकी 

ताजा अपडेट

खोजी गर्नुहोस