नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५८ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २०, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २०, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । विराटनगर महानगरपालिकामा सोमबार मृत्यु भएका ७७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको हो । विराटनगर महानगरपालिका–५ आदर्श टोलका ती पुरुष ज्वरो तगथा स्वास प्रश्वासमा समस्या आएपछि उनी कोशी अस्पताल विराटनगरका भर्ना गरिएको थियो । मधुमेह तथा उच्च रक्तचापको समस्याबाट पीडित ती पुरुषको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

काठमाडौंमा उपत्यकामा संक्रमितको संख्या ७२७ पुग्यो
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा मात्रै ६२ जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार उपत्यकामा ६२ जना थपिएसँगै कोरोना संक्रमितको संख्या ७२७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ४८ जना, ललितपुरका १ जना र भक्तपुरका १३ जनामा संक्रमण देखिएको हो । भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, टिचिङ हस्पिटल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन् ।

योसँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा ५४१ जना, ललितपुरमा १०९ जना र भक्तपुरमा ७७ जना कोरोना संक्रमित पुगेका छन् । आज ९मंगलबार० संक्रमण पुष्टि भएका २५९ जनामध्ये काठमाडौं उपत्यकाका ६२ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएका २५९ सहित नेपालमा कूल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस