आज थप २ सय ५९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २०, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २०, काठमाडौं । नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ २५९ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा काठमाडौं उपत्यकामा मात्रै थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ४८, भक्तपुरमा १३ तथा ललितपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ जना पुगेको छ ।

यस्तै, कुल १५ हजार २६ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । मंगलबार मात्रै ६५ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् । यता पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस