ओली–प्रचण्ड बैठक पनि स्थगित, बिबाद झनै बढ्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २१, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाण्डौ । सत्तारुढ नेकपाभित्रको विवाद फरि उत्कर्षमा पुगेको छ । विवादकै कारण अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बुधबार साँझ हुने भनिएको बैठक स्थगित भएको छ । तीन दिनयताका छलफलमा कुनै सहमति नभएपछि बालुवाटारमा आज ५ बजेका लागि तय गरिएको छलफल स्थगित भएको स्रोतले जनाएको छ ।

यसअघि आइतबार, सोमबार र मंगलबार लगातार तीनदिन ओली–प्रचण्डबीच भएको छलफल स्थायी समितिको बैठकको मिति तोक्ने विषयमा सहमति नजुटेपछि विनानिष्कर्ष सकिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस