विरगञ्जमा कोभिड–१९ संक्रमण रोक्न “एउटा एसएमएस” अभियान

Post Thumbnail

दिपु वर्णवाल                       

साउन २१,काठमाडौँ । देशकै प्रमुख व्यापारिक नाका तथा औद्योगिक नगरी वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न “एउटा एसएमएस” अभियान चलाइएको छ ।

सामाजिक अभियन्ता तथा जनता समाजवादी पार्टी नेपालका युवा नेता ओमप्रकाश सर्राफले उक्त अभियानको थालनी गरेका छन् ।

वीरगञ्जमा कोरोनाभाइरस समुदायस्तरमा तीव्रगतिमा फैलिरहँदा पनि संघीय र प्रदेश सरकारको कुनै चाँसो नरहेको गुनासो उनले गरेका छन् । उनले प्रदेश सरकारसँग अपेक्षा गर्नुको कुनै अर्थ नरहेको संघीय सरकारलाई गुहार लगाउनुपर्ने आवश्यकता रहेको बताउँछन् ।

सामाजिक अभियन्ता सर्राफ भन्छन्, ‘स्वास्थ्यमन्त्री ज्यू, कोभिडका कारण वीरगन्ज थला पर्दै छ, तपाईं के गर्दै हो ? नारायणी अस्पताल जेनरल उपचारका लागि सुचारु गर्नु, थप आइसोलेसन स्थपना गर्नु, वीरगन्जमा थप जनशक्ति उपकरणसहित तुरन्त पठाउँनु पर्‍यो ।’

वीरगञ्जका नगरप्रमुख विजयकुमार सरावगी, प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वडाअध्यक्ष, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारीहरु लगायत पनि संक्रमित भइसकेका छन् ।

अभियन्ता सर्राफले भनेका छन्, ‘संघीय सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ९८५११५२७७७ नम्बरमा धेरै भन्दा धेरै एसएमएस गरौं, धेरै भन्दा धेरै सेयर गरौं, सरकारको आँखा खोलौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस