नेविसंघ (वीपी) द्धारा आयल निगम डिपोको गेटमा ताला लगाउने प्रयास

साउन २१,काठमाडौँ । नेपाली काँग्रेस (वीपी) को भातृ संघ नेपाल विद्यार्थी संघ (वीपी) ले आज नेपाल आयल निगमको थानकोटमा रहेको डिपोको गेटमा ताला लगाउने प्रयास गरेको छ । नेपाल विद्यार्थी संघ (वीपी) का महामन्त्री विकाश पाण्डेको नेतृत्वमा गएको विद्यार्थीहरुको समुहले आफ्नो संघले पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको भन्दै मुल्य वृद्धि फिर्ता लिग्न, सरकारले पेट्रोलियम पदार्थमा भिन्न शिर्षक खडा गरी कर लगाएकोले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको तर कर दाखिला र खर्चको हिसाब सार्वजनिक नगरेकोले सो हिसाब सार्वजनिक गर्न, कर एउटै शिर्षकमा लगातार लगाएको भन्दै कर सिमित अबधिको लागी मात्र लिग्नु पर्ने भन्दै अहिले लगाउदै आएको कर हटाई, मुल्य अभिवृद्धि कर (भ्याट) मात्रै लिगि उपभोक्तालाई सुलभ दरमा बिक्री वितरण गर्न माग राखेको छ ।

संघ (वीपी) ले श्रावण ४ गते ज्ञापनपत्र बुझाएको त्यसको सुनाई नभए पछि श्रावण १२ गते पुन भेटेर सचेत गराएको तर नेपाल आयल निगमले आश्वासन मात्रै दिदै पुन श्रावण १७ गते मध्ये रातीबाट लागू हुने गरि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरि आफ्नो मागलाई बेवास्ता गरिएको भन्दै आज थानकोट डिपो अगाडि नारा जुलुस सहित ताला लगाउन खोजे पछि डिपोको सुरक्षाअर्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मिहरुले रोक्ने प्रयाश गरेको नेपाल विद्यार्थी संघ (वीपी) ले जनाएको छ ।

आफ्नो मागको सुनाई नभएकोले भएको ताला लगाउने कार्य जबर्जस्ती रोकिए पनि ट्यङकर चालकहरुलाईलाई ट्यङकर नचलाउन आग्रह गरेको यद्यपि जबर्जस्ती चलाएमा अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ भरेर काठमाडौ लगाएत अन्य डिपोमा जादा जुनसुकै स्थानमा कारबाही गरिने नेपाल विद्यार्थी संघ (वीपी) तयारी रहेको विद्यार्थी संघका नेता सुशीलराज वाग्ले जानकारी दिए ।

वाग्लेले भन्ने आफ्नो संघको माग सम्बोधन नभै ट्यङ्कर सन्चालन नगर्न र नगराउन ट्यङ्कर व्यवसायी महासंघलाई अनुरोध गरिएको पनि जानकारी दिए । वाग्ले नेपाल विद्यार्थी संघ (वीपी) को ताल्चा लगाउने तथा ट्यङ्कर रोक्ने कार्यक्रम रहेको व्यहाराको पत्र नेपाल आयल निगमका महाप्रबन्धकलाई बुझाए र ट्यङ्कर व्यवसायी महासंघलाई बोधार्थ पनि दिएको जानकारी दिए ।

अपिल

नेपाली जनता  कोरोना (कोभिड-१९) तथा बाढी/पहिरो बाट पिडित भएको समयमा नेपाल आयल निगम भने पटक पटक पेट्रोलीयम पर्दार्थको मूल्य बृद्दी गरी जनतालाई उपहार दिएका छन् |

एकै महिनामा २  पटक मूल्य बृद्दी गरेका कारण नेपाली काँग्रेस (वी.पी.) को भात्री संघ ने.बि.संघ.     (वी.पी.) को ध्यान आकर्षण भएको हुनाले मिति: २०७७ साल श्रावन महिना ०४ गते नेपाल आयल निगमका महाप्रबन्धक सुरेन्द्र कुमारा पौडेल तथा निर्देशक दिपक बराल एबं कर्मचारी युनियनका अध्यक्ष बिकास बखती लगायतकोण  रोबरमा ज्ञापनपत्र बुझाई ने.बि.संघ.(वी.पी.) का महामन्त्री बिकास पाण्डे तथा  बिध्यार्थी  नेताहरुलाई महाप्रबन्धक सुरेन्द्र कुमारा पौडेल ज्युले  नेपाल सरकारले लगाउदै आएको विभिन्न शिर्षकका करहरुका कारणले गर्दा पेट्रोलीयम पर्दार्थको मूल्यमा बृद्दी हुन गई महंगो भएको भन्ने भनाई रहयो, यी विभिन्न शिर्षकका करहरु हट्टाउने हो भन्ने नेपाल आयल निगमले खुसीका साथ प्रति लिटर रु.४२-४३ मा उपभोक्तालाई वितरण गर्न सकिने पनि बताउनु भयो तशर्थ : मौखिक समझदारीमा ७ दिन भित्र मूल्य बृद्दी फिर्ता लिनु पर्ने र  ने.बि.संघ (वी.पी.) को ज्ञापनपत्र अनुसार महाप्रबन्धक सुरेन्द्र कुमार  पौडेल ज्युले पत्रकार सम्मेलन गरी के कती कारणले पेट्रोलीयम पदार्थमा मूल्य बृद्दी गर्नु परेको हो र नेपाल आयल निगमले नेपाल सरकारलाई विभिन्न शिर्सकमा कर बापत हाल सम्म़ा  जम्मा भएको रकमको  विवरण खुलाउनु पर्नेमा अडान अनुसार ७ दिन भित्र पत्रकार सम्मेलन गर्ने सहमती गरीयो |

७ दिन भित्र पनि नेपाल आयल निगमले हाम्रो ज्ञापनपत्रलाई बेवास्था गरेकाले मिति २०७७ साल श्रावन महिनाको १२ गते  ने.बि.संघ.(वी.पी.) का महामन्त्री बिकास पाण्डे ज्यु र ने.बि.संघ.(वी.पी.) का नुवाकोट अध्यक्ष सुशिलराज वाग्ले ज्युले महाप्रबन्धक सुरेन्द्र कुमारा पौडेल ज्युकों अनुपस्थितीमा निर्देशक दिपक बराल संग मौखिक बार्ता गरी महाप्रबन्धक सुरेन्द्र कुमारा पौडेल ज्यु संग सल्लाह गरी छिटो भन्दा छिटो पत्रकार सम्मेलन मार्फत ने.बि.संघ. (वी.पी.) को ज्ञापनपत्रलाई सम्बोधन हुने आश्वासन दिएका थिए |

तर नेपाल आयल निगमले  ने.बि.संघ.(वी.पी.) को ज्ञापनपत्रलाई बेवास्था गरी पुर्ण. मिति २०७७ साल श्रावन महिना १७ गते शनिबारको मध्ये राति बाट लागु हुने गरी पेट्रोलीयम पर्दार्थको मूल्य पूर्ण. तेश्रो पटक बृद्दी गरेको हुनाले ने.बि.संघ.(वी.पी.) लाई नेपाल आयल निगमको थानकोट डिपोमा आज ताला लगाउन बाध्यता बनाएको छ |

यसरी थानकोट डिपोमा लगाएका ताला ने.बि.संघ.(वी.पी.) संग बिना सरसल्लाह जबर्जस्ती खोल्ने प्रयास गरियो भने ने.बि.संघ.(वी.पी.) कडा भन्दा कडा नेपाल आयल निगम प्रति कारोबाहि गर्ने प्रतिबध्ता जनाउदै    चेतावनि  दिन चाहान्छ  , प्रहरीको रोबरमा जबर्जस्ती ताला खोलीएमा सम्पुर्ण पेट्रोलीयम ट्यांकर चालकहरुलाइ पनि सचेत गराउदछ कि थानकोट, नेपाल आयल निगमको डिपो भित्र ट्यांकर नलैजान खबदारी  गर्दछ हाम्रो चेतावनी वेवास्ता गरेमा वा लापरवाही गरेमा ने.बि.संघ.(वी.पी.) ले ती ट्यांकर चालकहरुको निगरानी राख्दै अमलेखगंज देखि काठमाण्डौ आउदा जुन सुकै स्थान संयममा दुर्घटना हुन सक्नेछ, त्यस्तो हुन गएमा स्वयम् ट्यांकर चालकहरु, नेपाल आयल निगमल तथा नेपाल सरकार जिम्मेवार हुनेछ |

जय नेपाल वी.पी.

नेपाल बिध्यार्थी संघ (वी.पी.)

संम्बन्धित समचार

Leave a Reply