असाहयको सेवामा चन्द्रागिरी नगरपालिका : अशक्त दुई दम्पतिको उचित व्यवस्थापन

Post Thumbnail

साउन २१,काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले वडा नम्बर १४ मा बसोबास गर्ने दुई जना अपाङ्ग, असाहय र अशक्त दम्पतिको मानव सेवा आश्रमको सहयोगमा उचित व्यवस्थापन गरेको छ।

नगरप्रमुख घनश्याम गिरीको उपस्थितमा, नगरपालिकाको सामाजिक शाखा प्रमुख रश्मि श्रेष्ठको पहल, नागरिक समाजको सहयोग र उक्त वडाका वडाध्यक्ष रामहरि बस्नेतको विशेष साथमा उक्त उद्दार कार्य भएको थियो।

नगरपालिकाले यस अघि पनि विभिन्न वडामा टुहुरा, बेघर र अशक्तहरुको विभिन्न संघ संस्थाको सहायतामा उद्दार कार्यहरु गर्दै आएको सामाजिक शाखा प्रमुखले जानकारी गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस