भाद्र १५, झापा । कचनकवल गाउँपालिका–२ मा सर्पदंशबाट बिहीबार एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल–२ का तीलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
घरमा सुतिरहेका अवस्थामा बालिकालाई गोमन सर्पले डसेपछि उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूजा सोही स्थानको पथरिया मावि कक्षा–८ मा अध्ययरत विद्यार्थी हुन् । बालिकाको मृत्यु भएपछि गाउँलले हिजै घर छेउको जङ्गलमा रहेको उक्त सर्पलाई मारेका थिए ।