साउन २२,विरगञ्ज । वीरगन्जमा बिहीबार कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्ज १० आदर्शनगरका ५७ बर्षका पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
बिहिबार बिहान करिब ८ बजे मृत्यु भएका ती पुरुषको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा बिहीबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । मृतक मुटुरोगी, निमोनिया र श्वास प्रश्वासको समस्या देखिएपछि गत मगंलवार दिउँसो कोभिड अस्पतालमा लगेर भर्ना गरिएको मेसु डाक्टर उपाध्यायले बताए ।