प्रधानमन्त्रीसहित अन्य ६ जनाको कोरोना रिर्पोट नेगेटिभ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण २३, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

साउन २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिर्पोट नेगेटिभ आएको छ । शुक्रबार बिहान लिइएको स्वाबमा प्रधानमन्त्रीसहित अन्य ६ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

शुक्रबार प्रधानमन्त्री सहित नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी, मुख्य सल्लाहकार विष्णु रिमालको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएको सबैको रिर्पोट नेगेटिभ आएको संसदीय सचिवालयका स्वास्थ्य शाखा प्रमुख डा पुष्प रिजालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस