नाट्यकर्मी रिमालको निधन

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ भाद्र १५, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाडौं । रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको ९३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

उनको राति १ बजेर ७ मिनेट जाँदा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । विसं १९८२ असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उनकै निवासमा राखिने छ ।

उनले आफ्नो निधनपछि कुनै किसिमको तडकभडक नगर्न भनेकाले बिहान १० बजेपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने शिष्य एवं चलचित्र निर्देशक–अभिनेता सम्राट सापकोटाले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस