एनआईसी एसिया बैंक र सिप्रदी ट्रेडिङ प्रालीबीच वित्तीय साझेदारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण २४, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २४, काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्राली र ​एनआईसी एसिया बैंकबीच वित्तीय साझेदारीका लागि समझदारी भएको छ ।

सिप्रदीले बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले सिप्रदीका ग्राहकलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने समझदारी पत्रमा सिप्रदीका तर्फबाट भाइस प्रेसिडेन्ट सौरभराज थपलिया र बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अन्तर्गत अब टाटा गाडीका खरिदकर्ताहरुले पहिलो चार देखि ६ महिनासम्मको किस्ताबापतको रकम तिर्नुपर्ने छैन भने पहिलो वर्षको वार्षिक ब्याजदर पनि परिवर्तन हुने छैन । ग्राहकले ८ दशमलव २५ प्रतिशत वार्षिक ब्याजदरमा सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यस कर्जाको अवधि आठ वर्षसम्मको हुनेछ ।

सरल र सहजकर्जा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रालीकाे  देशभरि रहेका सम्पूर्ण डिलरबाट उपलब्ध हुनेछ । यी सेवा सुविधा टाटा मोटर्सका अत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाईभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीमा उपलब्ध  छन् ।  आफ्ना ग्राहकको सुविधाका लागि कम्पनीले यस प्रकारको विशेष किस्ता प्याकेज एक वर्षसम्म उपलब्ध गराउने छ ।

यो योजना स्टक रहुञ्जेलसम्म मात्र लागू हुने सिप्रदीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस