गृहमन्त्री रामबहादुर थापाको कोरोना रिपोर्ट नेगेटिभ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २४, शनिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री थापा लगायतको कोरोना परिक्षण गरिएको थियो ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमित भएका यादवले प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू लगायतसँग भेटघाट गरेका थिए । त्यस्तै प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको जनायएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस