भारतमा कोरोनाको स्थिती भयाबह,पछिल्लो २४ घण्टामा ६५ हजारभन्दा बढी संक्रमित !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण २५, आईतबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाण्डौ । भारतमा कोरोना संक्रमणको संख्या पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढीमा देखिएको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या एकै दिन ६५ हजार १५६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या २१ लाख ५२ हजार २० पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म १४ लाख ७९ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख २८ हजार ६७३ जनाको उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस