नआत्तिनुहोस्, ७२ प्रतिशत संक्रमित निको भइसके

Post Thumbnail

साउन २५, काठमाण्डौ । राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा— कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४।२२ प्रतिशत निको भएका छन् । सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९।८ छ । ठूला देश भारतमा ६८।४३ र अमेरिकामा ५१।३ प्रतिशतले कोरोना जितेका छन्। जब कि नेपालमा ७२।२ प्रतिशत निको भएर घर फर्किइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझसम्म देशभर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । तीमध्ये ६ हजार २ सय ६ जना उपचारका क्रममा छन् । १६ हजार ३ सय १३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् । मुलुकमा कोरोना संक्रमण ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य छ। संक्रमण मुक्त भई पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने ४ सय ९९ जना छन् । यहाँसम्म आइपुग्दा संक्रमितभन्दा डिस्चार्ज हुनेको संख्या बढी भइसकेको छ । केहीअघिसम्म निको हुनेभन्दा संक्रमित बढी थिए ।

असार १ गते १ हजार ४१ संक्रमित निको भई डिस्चार्ज भएका थिए । त्यसको दुई साताभित्र निको हुनेको संख्या दोब्बर वृद्धि भएको थियो। असार १५ गते ३ हजार १ सय ३४ जना घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । असार २८ गतेसम्ममा ८ हजार १ सय ४७ जना संक्रमणपछि डिस्चार्ज भएका थिए । जब कि त्यस दिनसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय ८९ थियो ।

कुनै न कुनै स्वास्थ्य समस्या भएका र पहिलादेखि नै औषधि सेवन गरिरहेका व्यक्तिको मात्र कोरोना संक्रमणपछि ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागरकुमार राजभण्डारी बताउँछन् । ‘रोग प्रतिरोधात्मक क्षमता अति न्यून भएकाको मात्र कोरोनाका कारण ज्यान जाने सम्भावना देखिएको छ’, डा। राजभण्डारीले भने ।

साउन पहिलो साता पुग्दा भने कोरोना संक्रमणभन्दा डिस्चार्ज हुनेकै संख्या धेरै भइसकेको थियो। साउन १ गतेको विवरणअनुसार ६ हजार ५६ जना सक्रिय संख्या छ । त्यस अवधिमा ११ हजार २ सय ४९ जना निको भएका थिए । साउन १५ गते निको हुनेको संख्या १२ हजार ६ सय ८४ थियो ।

स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा। सुरेश तिवारीका अनुसार असार २८ देखि सक्रिय संक्रमितभन्दा निको हुने दर बढेको हो। पीसीआर जाँचमा पोजेटिभ देखिएको र पोजेटिभ नै रहेको निको नभइसको अवस्थालाई सक्रिय केस भनिन्छ। डा। तिवारी भन्छन्, ‘सक्रिय केस पनि बढिरहेका छन् । कसरी घटाउने भन्ने सरकारको चुनौती हो ।’

१६ हजार डिस्चार्ज
प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ९ सय ४२ छ। प्रदेश २ बाट तीन हजार ३ सय २६ र बाग्मती प्रदेशबाट ६ सय। यसैगरी गण्डकी १ हजार ४ सय ४१ र प्रदेश ५ बाट चार हजार १ सय ७९ डिस्चार्ज छन् । कर्णाली प्रदेशमा १ हजार ८ सय ७ र सुदूरपश्चिममा ३ हजार ९ सय ३८ जना डिस्चार्ज भएका छन् ।

सातैवटा प्रदेशबाट १६ हजार ३ सय १३ जना निको भइसककेका छन्। मुलुकमा चार लाख ३५ हजार २ सय ८९ पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना छन् । शनिबार मुलुकभर उपचारका क्रममा रहेका संक्रमितको संख्या ६ हजार २ सय ६ छ ।

होम आइसोलेसनलाई प्राथमिकता
संक्रमितको संख्या वृद्धिपछि स्वास्थ्य मन्त्रालयले उपचारका लागि होम आइसोलेसनलाई प्राथमिकतामा राखेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमणको कुनै लक्षण वा चिह्न नभएका एसिम्टोमेटिक र सामान्य लक्षण भएका तथा चिह्न भएका माइल्ड व्यक्तिहरू आआफ्नै घरमा आइसोलेसनमा बस्न सक्नेछन् ।

घरको आइसोलेसनमा बस्न मञ्जुरीनामा दिनुपर्ने मापदण्ड छ । संक्रमित आफ्नै घरमा बस्न चाहेमा स्वयंले पालन गर्नुपर्ने पक्षबारे अनूसूची तयार पारिएको छ । पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा संक्रमित बस्नु पर्नेछ । उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक पर्ने सामानहरू परिवारका सदस्यबाट मगाउने गर्नुपर्छ ।

खानपानमा विशेष सावधानी अपनाई पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खाना खाने गर्नुपर्छ । आफूले प्रयोग गरेका भाँडा सुरक्षित रूपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्र पुनः प्रयोग गर्ने गर्नुपर्छ । स्नानघर र शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्छ ।

त्यस्तै हात धुने बेसिन संक्रमणको स्रोत हुने भएकाले दाँत माझ्ने ब्रसलगायत सामान बेसिनबाहेक छुट्टै स्थानमा राखेर प्रयोग गर्नुपर्ने डा। गौतमले जानकारी दिए । ‘ढोका, ढोकाका ह्यान्डल, टेबल तथा अन्य सामग्री जुन धेरै व्यक्तिले चलाउने वा छुने सम्भावना हुन्छस ती सामानको नियमित डिसइन्फेक्सन गर्नुपर्छ’, उनले भने । अन्नर्पुर्णपोष्ट

ताजा अपडेट

खोजी गर्नुहोस