काठमाण्डौमा कोरोना संक्रमित बढे, उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २६, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २६, काठमाडौँ । उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेको छ । आइतबार फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्रीसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गर्नुभएको हो ।

काठमाडौँ देशकै राजधानी भएको र यहाँ घना बस्ती भएकाले कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलियो भने रोक्न नसक्ने भन्दै आवतजावतमा कडाइ गर्न आग्रह गरिएको फोरमले जनाएको छ । उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कडाइ गर्नुपर्ने, अन्तर जिल्ला यातायात खुला नगरिए पनि आवतजावत भइरहेकाले त्यसलाई रोक्न आग्रह गरिएको फोरमका सचिव श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस