भाद्र १५,काठमाडौँ । भारतीय प्रमुख प्रतिपक्षी दल काँग्रेसका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन् ।
आज दिउँसो एक बजे आएका गान्धी भोली मानसरोवर दर्शनका लागि जाने बताइएको छ ।
नेता गान्धी अहिले राजधानीस्थित होटल र्या्डिसनमा बसेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमै रहेको बेला भारतका प्रमुख प्रतिपक्षि दलका नेता पनि नेपालमा हुनु संयोग मात्र हो ।
अध्यक्ष गान्धी भोली नेपालगन्ज हुँदै मानसरोवरका लागि जाने स्रोतले जनाएको छ ।