एशिया कप क्रिकेट छनोटः नेपालले तेस्रो खेल आज आयोजक मलेशियासँग खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र १६, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र १६,काठमाडौँ । एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेल आज आयोजक मलेशियासँग खेल्दैछ । जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा यूएइसँग ७८ रनले पराजित भइसकेको छ । दुई खेल खेलेको मलेशियाले दुई अङ्क जोडेको छ । मलेशियाले हङ्कङलाई तीन विकेटले हराएको थियो भने ओमनसँग दुई विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा ६ राष्ट्र सहभागी छन् । यूएई चार अङ्कसहित शीर्षस्थानमा छ । यूएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो । ओमन रनरेटका आधारमा दोस्रो स्थानमा छ । एक–एक खेलमा विजयी हङ्कङ र मलेशिया दुई(दुई अङ्कका साथ क्रमशस् तेस्रो र चौथो स्थानमा छन् । नेपाल पाँचौं तथा सिङ्गापुर छैठौं स्थानमा छ । छनोट खेल्ने ६ टोलीमध्ये नेपाल र यूएई आईसीसी एकदिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन दुईमा छ ।

ओमन र सिङ्गापुर डिभिजन तीनमा तथा मलेसिया डिभिजन चारमा छ । छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली एशिया कपमा सहभागी हुन पाउनेछ । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस