आजको मौसम : हल्का देखि मध्यम वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ श्रावण २८, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

साउन २८, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनी न्युनचापीय रेखा हाल दक्षिण पश्‍चिम भेगमा नेपाल नजिक अवस्थित छ । हाल देशका अधिकांश भूभागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका थोरै थोरै स्थानहरुमा हल्का बर्षा भईरहेको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १,२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस