भारतमा रहेका नेपालीले अब यी १० नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाउने

साउन २८, काठमाडौं । सरकारले भारतबाट नेपाल आउन चाहने नेपालीका लागि १० प्रवेश बिन्दू तोकेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको व्यवस्था संशोधन गर्दै १० नाकाबाट मात्र नेपालीले प्रवेश पाउने निर्णय गरेको हो । झापाको काकडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर, रौतहटको गौर र पर्साको वीरगञ्जबाट मात्र भारतमा रहेका नेपालीले प्रवेश पाउने भएका छन् । यस्तै कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीबाट पनि नेपालीले प्रवेश पाउने भएका छन् ।

सोमबारकै मन्त्रिपरिषद् बैठकले भारतबाट नेपालमा आएर श्रम गर्ने भारतीयलाई भने प्रवेश नदिने निर्णय गरेको छ। सीमापार आवतजावत गर्दा कोरोनाको संक्रमण थप फैलिएको भन्दै तत्कालका लागि उनीहरूलाई नेपाल प्रवेश गर्न नदिने निर्णय गरेको हो । पछिल्लो समय लकडाउन अन्त्य भएसँगै काठमाडौं प्रवेश गर्ने अधिकांश भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ ।

संम्बन्धित समचार

Leave a Reply