मुख्यमन्त्री शाही विद्यालय बनाउन यसरी जुटे- ढुंगा बोके, भवनको गारो लगाए !

भाद्र १६,काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ स्थित सरस्वती बालविकास केन्द्र विद्यालको भवन निर्माणमा शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै खटिए । उनले ढुंगा बोक्नेदेखि भवनको गारो लगाउनेसम्मको काम गरे ।

उनीसँगै कर्णाली सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसी र सामाजिक विकास मन्त्री दल रावलपनि काममा खटिएका थिए ।

कर्णाली प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिन घोषणा गरेको छ । सोही अनुसार भदौ १५ गते शुक्रबार उनीहरु श्रम गर्न त्यहाँ पुगेका हुन् । मुख्यमन्त्री शाहीले सरस्वती बालविकास केन्द्रको एक कोठे भवन शिलान्यास गर्नुका साथै श्रम पनि गरेका हुन् ।खोलाको छेउमा नै रहेको उक्त बालविकास केन्द्रको भवन र वरपरको बस्ती २०७० सालको बाढीले बगाएको थियो । बजेट अभावले उक्त विद्यालयको भवन बन्न सकेको थिएन ।

बालविकास केन्द्रको भवन निर्माणसंगै तटवन्ध निर्माण पनि सुरु गरिएको छ । मुख्यमन्त्री शाहीले बालविकास केन्द्रका लागि आफ्नो एक महिनाको तलब पनि सहयोग गरेका छन् । उनले प्रदेश सरकारले बाढीपीडितको पीडा महसुस गरेको भन्दै स्थायी समाधानको काम सुरु भएको बताए ।

संम्बन्धित समचार

Leave a Reply