बाँकेमा लागुऔषध प्रयोगकर्ता दोब्बर !

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०७५ भाद्र १६, शनिबार (५ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

भाद्र १६,बाँके। जिल्लामा लागुऔषधका प्रयोगकर्ता तथा कारोवार गर्नेको सङ्ख्या बढिरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषधमा पक्राउ परेका व्यक्ति, मुद्दा दर्ता र बरामद गरिएको लागुऔषधको मात्राले दिन प्रतिदिन यसको प्रयोगकर्ता बढिरहेको पाइएको हो ।

पछिल्लो तीन वर्षको तथ्याङ्कबमोजिम यस्तो वस्तुको प्रयोगकर्ता तथा कारोवारी घट्नुको साटो बढिरहेको र यसमा किशोरी पनि संलग्न रहेको पाइएको छ ।

सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागुऔषध किशोरीले पनि प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । साथीको लहलहैमा लागेर लागुऔषधको कुलतमा फसेका प्रायः किशोरीहरू यौनधन्दामा समेत रहेको जानकारहरू बताउँछन् । बाहिरी जिल्लाबाट नेपालगञ्जमा पढ्न वा अरू कुनै काम विशेषले बसेका र स्थानीय किशोरी पनि कुलतमा फसेको पाइएको छ ।

आव २०७४÷७५ मा ११ किशोरी लागुऔषधमा पक्राउ परेका किशोरी पुरुष साथीसँग लागेर कुलतमा फसेका प्रहरी निरीक्षक रणबहादुर बिष्ट बताउछन ।

उनका अनुसार गएको तीन वर्षको तुलनामा अहिले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दोब्बर भएको छ । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२÷७३ मा प्रहरीले लागुऔषधसहित १०८ जनालाई पक्राउ गरेकमा ७८ वटा मुद्दा दर्ता भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस