उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै ! एकैदिन थपिए १२७ कोरोना संक्रमित

Post Thumbnail

साउन २९,काठमाडौँ । बिहीबार नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ ।

काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ

ताजा अपडेट

खोजी गर्नुहोस