रुसका राष्ट्रपति पुटिनले टर्कीका समकक्षी एर्डोगानलाई भेट्ने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ भाद्र १६, शनिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १६,काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रिसेप तैयप एर्डोगानलाई भेट्ने तयारी गरेका छन ।

इरानको तेहरानमा हुने एउटा शिखर सम्मेलनका क्रममा उहाँले “भेट्ने तयारी सुरु भएको” रूसी राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ ।

सिरियामा भइरहेको द्वन्द्व अन्त्यका बारेमा तीन देशका शिर्ष नेताहरुले भेटेर छलफल गर्ने कार्यक्रम रहेको छ ।
टर्कीका सञ्चार माध्यमहरूका अनुसार इरान, रुस र टर्कीका राष्ट्रपतिबीच आउँदो सेप्टेम्बर ७ तारिखका दिन भेट्ने तय भएको जनाइएको छ ।

निजी क्षेत्रको एनटीभी टेलिभिजनले इरानको उत्तरी सहर ताब्रिजमा सम्मेलन हुने समाचार प्रसारण गरेको छ ।
यी तीन नेताहरुबीच यसअघि सोचीको रुसी रिसोर्ट सिटिमा र टर्कीको राजधानी अङ्कारामा भेट भएको थियो ।

अव हुने तय भएको शिखर सम्मेलनमा छलफलको मुख्य एजेण्डा सिरियामा भएको द्वन्द्वको समाधान नै हुने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस