कोरोनाविरुद्धको रुसी औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण ३०, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ३०, काठमाण्डौ । कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए ।परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उहाँले बताउनुभयो । फिलिपिन्सका हजारौँ बिरामीलाई रुसले बनाएको औषधि प्रयोग गरिने भएको छ । तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ । बहुचर्चित रुसी औषधि यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराए । रुसले बनाएको भनिएको औषधिले अहिले विश्वभरि नै चर्चा पाएको छ भने केही देशहरूले औषधी किन्ने मागपत्रसमेत पेश गरिसकेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस