कोरोनाबाट विराटनगरमा एक संक्रमितको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ३०, शुक्रबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन ३०, विराटनगर । कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको बिहीबार राति मृत्यु भएको हो । निमोनिया भई स्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

मृतक मंगलबार राति अस्पतालको आइसालेशनमा भर्ना भएका थिए। उपचारको क्रममा रहेका उनलाई कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरि परीक्षणको लागि पठाएको थियो । प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ७ बजे कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि कोशी अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा विराटनगरका ३ र रंगेलीका एक जना छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस