भाद्र १६,काठमाडौँ । भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक स्वदेश फर्केका छन । क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका वाङचुक आज स्वदेश फर्किएका हुन ।
शुक्रबार लुम्बीनी पुगेका उनी फर्कर्ने बेलामा काठमाडौंको सोल्टीमोड देखि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलसम्मको बाटोमा अरु गाडी चलाउन रोक लगाइएको थियो ।
सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान व चा शुक्रबार नै स्वदेश फर्केका छन ।