ओली–मोदीबीच हार्दिकतापुर्ण टेलिफोन संवाद ! सम्बन्धले नयाँ उचाई लेला ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ३१, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ३१,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसको सङ्क्रमण न्यूनिकरणका लागि भैरहेको पछिल्लो प्रयासबारे छलफल भएको छ ।

आज भएको टेलिफोन वार्तामा दुई समकक्षीबीच कोरोनाको सङक्रमण न्यूनिकरणका लागि मिलेर अघि बढ्ने समझदारी समेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वका विभिन्न देशहरुकोको प्रयास सफल हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणबारे गएको अप्रिल १० मा भएको संवादसमेत स्मरण गराएका थिए। यस्तै उनिहरुबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा संवादलाई जारी राख्ने सहमतिसमेत भएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय नागरिकलाई शुभकामना समेत दिएका छन् । यसैबीच स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि धन्यवाद दिएका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत उनले ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिएकोमा धन्यवाद व्यक्त गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस