कोरोना भाइरस : अमेरिकामा १ लाख ७२ हजारको मृत्यु, ५५ लाख बढी संक्रमित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण ३२, आईतबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७२ हजारभन्दा बढीको मृत्यु भएको छ । आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार ११ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७२ हजार ५४६ पुगेको छ ।

यस्तै एकैदिन थप ५० हजार ४६१ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५५ लाख २६ हजार ७२७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २८ लाख ९७ हजार ७९४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २४ लाख ५६ हजार ३८७ जनामध्ये १७ हजार १८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस