पोखरामा कोरोना संक्रमण बढ्दो, आइतबार विहान थपिए १० जना संक्रमित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ३२, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ३२, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना संक्रमण बढ्दै गएको छ । आइतबार विहान मात्र पोखरामा १० जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा पोखराका १० जनामा संक्रमण देखिएको हो ।
विहान ७ बजेसम्मको रिपोर्ट अनुसार पोखरामा ५ जना थपिएको जानकारी दिएको निर्देशनालयले विहान ९ः३० बजे पुनः अर्को विज्ञप्ति जारी गर्दै पोखरामा थप ५ जनामा संक्रमण देखिएको जानकारी दिएको हो । पछिल्लोपटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षण अनुसार पोखरा महानगरपालिका वडा नं ८ का ५१ र ५२ वर्षीय दुईजना पुरुषमा संक्रमण देखिएको छ भने वडा नं ३२ की ८६ वर्षीया महिला, वडा नं २८ का ३८ वर्षीय पुरुष र वडा नं २६ का ५३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यसअघि शनिबार पनि पोखरामा १३ जनामा कोरोना संक्रमण देखिएको थियो । प्रतिष्‍ठानमै गरिएको परीक्षणमा पोखराका ५ जनासहित तनहुँको व्यास नगरपालिकाका ४ जनामा पनि संक्रमण देखिएको निर्देशनालयले जानकारी दिएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या १७१८ पुगेको छ । यसबारेमा स्वास्थ्य मन्त्रालयले भने नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस