आजको मौसम : दिनभर सामान्य बदलीको अवस्था !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ भाद्र १, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १, काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्युनचापीय रेखा हाल नेपालको दक्षिण तर्फ अवस्थित छ । साथै बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको छ । अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरु साथै बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस