कोरोना संक्रमितको संख्या विश्वमा २ करोड १२ लाख

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ भाद्र १, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड १२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १२ लाख ६० हजार ७६० पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ६१ हजार १८ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस