नेपाल-भारत सचिवस्तरीय बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १, काठमाण्डौ । नेपालमा सञ्चालित भारतीय परियोजनाहरुको कार्यान्वयनको विषयमा अनुगमन गर्न बनाइएको नेपाल(भारतको सचिव स्तरीय संयन्त्रको बैठक आज बस्दैछ । सीमाको विषयमा नेपालभारतबीच तनाव बढेपछि दुवै देशबीच पहिलो पटक उच्च स्तरीय बैठक बस्न लागेको हो ।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्ने छन् भने भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गर्ने कार्यक्रम छ । महामारीको कारण बैठक भर्चुअल्ली हुन लागेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस