नेपाली पासपोर्टको रङ फेरिने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ भाद्र १, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाण्डौ । अब नेपाली पासपोर्टको रङ परिवर्तन हुने भएको छ । साउन २६ गते नेपाल राजपत्रमा प्रकाशित राहदानी नियमावली २०७७ मा पासपोर्टको रङ परिवर्तन गरिने बताइएको छ । हरियो रंगको पासपोर्ट अधिकांश मुस्लिम देशहरुमा प्रयोग हुने गरेको छ । राजपत्रमा प्रकाशित नयाँ नियमावली अनुसार अब साधारण पासपोर्टको रङ चकलेटी खैरो हुनेछ । कुटनीतिक राहदानीको रङ भने रातो नै राखिने भएको छ । विशेष राहदानीको आकाशे नीलो रङनै कायमै छ भने सर्भिस राहदानी भनेर सुन्तला रङ थपिएको छ । सर्भिस राहदानी विदेशस्थित नियोगमा खटिने कर्मचारीका लागि हो।

ताजा अपडेट

खोजी गर्नुहोस