चुरेक्षेत्रमा पहिरोले ३५ परिवार विस्थापित

 

भाद्र २, डडेल्धुरा । आलिताल गाउँपालिकाको चुरे क्षेत्रमा पहिरो खस्दा करिब ३५ परिवार विस्थापित भएका छन । वडा नं। ७ को बलौच, कोईराली, खिन्नेभाडी र वबाच गाउँमा पहिरो जाँदा उक्त परिवार विस्था‍पित भएका हुन् । अहिले पनि पहिरो खसिरहेको छ । अन्य बस्तीमा पनि पहिरोको जोखिम रहेको छ ।

गाउँलेहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको वडा अध्यक्ष वीरबहादुर बोहराले बताए । तर स्थानीय सुरक्षित स्थानमा जान मानिरहेका छैनन् । अन्नबाली, पशुचौपायलगायतका मालसामान गाउँ घरमै रहेको बताउँदै सुरक्षित स्थानमा जान नमानी रहेको वडा अध्यक्षले जानकारी दिए ।

 

संम्बन्धित समचार

Leave a Reply