गुल्मीमा जीप दुर्घटना : एकजनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर

Post Thumbnail

भाद्र १७,गुल्मी । सदरमुकाम तम्घासदेखि नेटा दर्लिङ्गतर्फ जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप शनिबार बेलुका दर्लिङ्गमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा दर्लिङ्ग २ निवासी ७५ वर्षीया मनकुमारी घर्ति रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा घाइते भएपछि उपचारका लागि वामी टक्सारतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय वामी टक्सारमा सामान्य उपचारपछि राति नै थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लागिएको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गुल्मीको तम्घासदेखि १४ जना यात्रु बोकेर नेटा दर्लिङ्गतर्फ जाँदै गर्दा ओरालो बाटोमा चिप्लिएर जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा चालकसमेत घाइते भएका छन् । दुर्घटना भएको ठाउँ सदरमुकाम तम्घासदेखि ४५ किलोमिटर उत्तर–पश्चिममा पर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस