भाद्र १७,काठमाडौँ । एसिया कप छनोट प्रतियोगितामा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ ।
पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो ।
नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा छ । नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ ।