एसिया कप छनोट : सिंगापुरले टस जित्यो, नेपालले फिल्डिङ गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र १७, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १७,काठमाडौँ । एसिया कप छनोट प्रतियोगितामा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ ।

पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो ।

नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा छ । नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस