पाकिस्तानी प्रधानमन्त्री खान भन्छन-‘पहिलो बर्ष कठिनाईको सामनाबाट नै गुज्रनुपर्छ’

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ भाद्र १७, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १७,काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सञ्चारमाध्यम तथा प्रतिस्पर्धी समूहलाई तत्काल आलोचना गर्नुभन्दा सरकारलाई काम गर्न कम्तीमा पनि तीन महिनाको समय दिन आग्रह गरेका छन ।

प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै खानले, “आफुले सत्ता सम्हालेको पहिलो बर्ष पाकिस्तानले कठिनाईको सामनाबाट नै गुज्रनु पर्ने अवस्था देखिएको छ ” भने ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) ले सत्ता सम्हालेको केही समय नहुँदै पाकिस्तानमा सञ्चारमाध्यम विगत चारबर्ष यता निकै सकसका साथ चलेको भन्ने समाचार आएपछि नवनिर्वाचित प्रधानमन्त्रीले तत्काल आलोचनाभन्दा आफ्नो सरकारले कम्तीमा तीन महिना काम गर्न दिन सञ्चारकर्मी तथा राजनीतिक दलसँग आग्रह गरेका हुन ।

खानले पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख लक्ष्य भएको दोहोराउँदै भने “देशमा नत राष्ट्रिय मेलमिलाप संगठनजस्ता संस्था रहने छन् न जिम्मेवारीबाट कोही पन्छिन पाइनेछ ।”

ताजा अपडेट

खोजी गर्नुहोस