आजदेखि बैंकका निश्चित शाखाहरू खुल्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र ५, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ५, काठमाण्डौ । बिहीबार निषेधाज्ञाको पहिलो दिन सूचनाहरू प्रभावकारी ढंगले सञ्चार नहुँदा एकाएक कारोबार बन्द गरेका बैंकहरूले आज शुक्रवारदेखि निश्चित शाखाहरू खोलेर सेवा प्रवाह गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको समयमा समेत अत्यावश्यक सेवा प्रदान गर्न बैंकहरू तयार रहेको भन्दै नेपाल बैंकर्स संघले बिहीवार प्रशासनले आफ्ना कर्मचारीहरू बाटोमै रोकेका कारण बैंकिङ कारोबार गर्न नसकेको स्पष्ट पारेको छ ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी संघले दिएको जानकारी अनुसार निषेधाज्ञाभर बैंकहरूले सीमित शाखा मात्रै खुला राख्ने भएको खुला हुने शाखाको विवरण सम्बन्धित बैंकको वेबसाइटमा राखिने बताएको छ । साथै, अहिलेको यस असहज परिस्थितिमा घरबाट नै बैंकिङ कारोबार गर्न समेत संघले ग्राहकमा पुनः स्मरण गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस