भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै, एकैदिन ६८ हजार भन्दा धेरैमा कोरोना देखियो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ भाद्र ५, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ५, काठमाण्डौ । भारतमा गएको २४ घण्टामै ६८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ । भारतमा एकैदिन ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको र नौ सय ८१ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा सङ्क्रमण हुँदा ५४ हजार नौ सय ७५ जनाको ज्यान गैसकेको छ ।

यस्तै गएको २४ घण्टामा कोरोना भाइरसबाट ब्राजिलमा ११ सय १५ जना र अमेरिकामा नौ सय ८५ जनाको ज्यान गएको छ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एकैदिन पाँच हजार छ सय १७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या सात लाख ९५ हजार आठ सय भन्दा धेरै भएको छ । दुई करोड २८ लाख आठ हजार भन्दा धेरैमा सङक्रमण भएकोमा एक करोड ५४ लाख ९१ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस